Sunday, October 17, 2004

प्रश्न


यति धेरै प्रश्न अनि यति धेरै जवाफ
थाहा छैन तिमी हौ सही या म हु खराब, 
तिम्रो मेरो सामिप्यता लाग्छ भूल हैन
तर पनि किन किन वशमा छैन चैन । 

उसले सोध्छ, उनले सोध्छे, अरुले नि सोध्छन्, 
तिम्रो मेरो सम्बन्धको यँहा अर्थ सबले खोज्छन् । 
थाहा छैन किन सबैको यति धेरै प्रश्न
विना जवाफ के म बस्न सक्दिन तिमीसगै बस्न

न त दोशी नजर हो 
न हो दोशी जवानी
तर पनि किन किन
प्रश्नमा पर्छ हाम्रो कहानी

थाकि सके प्रश्नले म,
सायद तिमी पनि
सायद हाम्रो सम्बन्धको अन्त्य यहि छ नी ।