हेर न साथी
त्यो पिंजडा भित्र
एउटी चरी रोइरहिछे ।
मनको वेदना बुझेन्न् भनि
आँखाबाट आँशु खसाली रहिछे ।
एक्लो त्यो पिंजडा भित्र्
खुसीको गीत हैन
दुखको आँशु वर्षाइ रहिछे
आफ्नो पंख भाचिएको देख्दा
शोकको समुद्धमा डुबी रहिछे ।
न खानाको ठेगान््
न परिवारको साथ
धिकार्दै आफूलाई गर्छे अश्रुपात््
फलामो तारहरुको माझ
सबै कुरा बुझ्ने मानवले
आज चरीको मर्म बुझ्न सकेन
मानवलाई अब दावन भन्नुमा
अब कुनै कसर बाकी रहेन ।
p.s - Found this poem in my grade eight diary
No comments:
Post a Comment