Friday, June 10, 2016

सम्झनाका डोबहरु

हिड्दा हिड्दै छुटेका ती साथहरु
थॉम्दा थॉम्दै छोडिएका यी हातहरु
सपनामा त देख्छु आज पनि तिमीलाई नै
अफशोस, विपनामा मात्र बाकि रहेन्छन् तिमीले दिएका घातहरु

गॉउदा गॉउदै टक्क अडिएका मेरा भाकाहरु
हॉस्दा हॉस्दै स्तब्ध बनेका मेरा ओठहरु
कल्पनाले त अझै पनि तिमीलाई नै खोज्छन्
बिडम्बना, यथार्थमा अझै चर्याउछ तिमीले दिएका चोटहरु

अंकुरिनै नपाई तुहिएका मेरा आकंक्षाहरु
सायदै अब तृप्त होलान् मेरा तुच्छ अमोदहरु
लाग्न त लाग्छ म धेरै अघि बढिसके
तर अझै पिछा गर्छन् मलाई, तिम्रा सम्झनाका डोबहरु ।



1 comment: