Monday, February 8, 2016

उडान

मनभित्रका उकुसमुकुस
नयनभित्रका अश्रु
जीवनलाई जटिल बनाउने 
छन् विविध विषय र विस्तु

कहिले लाग्छ यहि उकुुसमुकुसभित्र
निसासिनेछु म ।
अनि कहिले लाग्छ यहि अश्रुभित्र नै 
डुब्नेछु म ।

तर पनि,
आशा मार्ने मेरो बानी छैन 
हार खाने वाला मानिस म हैन ।

म पर्खाइमा छु त्यस दिनको
जब निस्सासिएका मेरा भावनाहरु
थोपा बनेर बहनेछन् 
अनि बाफिदै उड्नेछन्
आकाशमा बादल जस्तै
मेरो मनलाई सहज बनाउदै

अनि म पनि उड्नेछु 
त्यससंगै स्वच्छन्द र स्वतन्त्र
आफ्नै उन्मादमा, 
उन्मुक्त चरीजस्तै
आफ्नै उडानमा । 

No comments:

Post a Comment