Monday, August 29, 2016

झुठ

Photo Credit: sobusygirls.com
हो, झुठ त मैले नि बोलेकै हो, 
तिमीलाई माया गर्छु भनेर
तर साँचो त तिमी नि कहाँ पो थियौ र ? 

मलाई थाहा छ 
न तिम्रो जून झार्ने वाचा साचो  थियो,
न मेरो तिमी संगै साथ जीउने कसम नै शही,
वर्षौ झुठ बोलिरप्हौ 
अनि हरेक दिन नाटक गरिरप्हौ
एक अर्काको अंगालोमा बाधिएर

अब त अति भो झुठलाई नि लाज लाग्यो रे 
त्यही भएर त नाटकीय माया नि टाढा भाग्यो रे 

के गर्ने समयले काचुली फेरी रहन्छ, 
कहिले झुठलाई नि आत्मसाथ गराउछ 
अनि कहिले त्यही झुठले मन भतभती जलाउछ । 

1 comment:

  1. Awesome,
    कहिले झुठलाई नि आत्मसाथ गराउछ
    अनि कहिले त्यही झुठले मन भतभती जलाउछ....

    ReplyDelete