Friday, October 7, 2016

प्रश्नोत्तर




तिमीले नसोधेका प्रश्न
अनि मैले नदिएका जवाफको
हरेक शब्द थाहा छ मलाई
अनि थाहा छ तिनका प्रत्यक भावहरु

तिमीले दबाएका तिम्रा हासो
सायद मैले देखिन
न देखायौ तिमीले नै मैले लुकाएका मेरा आसुहरु
म सोचिरहे तिमीले कुनै बेला त पक्के सोध्ने छौ
म पर्खिरहे तिम्रो एक प्रश्न
अनि सायद तिमी नि पर्खिरर्हौ मैले नदिएका उत्तरहरु


No comments:

Post a Comment