Tuesday, February 14, 2017

सायद मलाई पागल बनाउछौ तिमी



अचम्मको बहाब ल्याउछौ तिमी मेरो मनमा
न हुरी जस्तो आवेग छ यसमा
न त वायुजस्तो शितलता दिन्छ तनमा
खै कस्तो अनुभव गराउछौ तिमी
सायद मलाई पागल बनाउछौ तिमी

आजभोली अनौठो मुस्कान छाउछन् यी ओठमा
तिमी नै हुन्छौ हरेक मेरो सोचमा
बित्ने गर्छ मेरो दिन केवल तिम्रै खोजमा
खै कस्तो बानी बसाउछौ तिमी
सायद मलाई पागल बनाउछौ तिमी

तिमी विना दिन नै अध्यारो लाग्छ
झिसमिसेसम्म नि अनिदो वितिजान्छ
यो मन केवल तिमीलाई सम्झन्छ
खै कस्तो भोगाई भोगाउछौ तिमी
सायद मलाई पागल बनाउछौ तिमी

No comments:

Post a Comment