Thursday, May 19, 2016

शुुन्यता


शुुन्यताको परिधीभित्र 
एकान्तमा हराउदैछुु
फगत एक जीवन न हो
शुुन्यतामै रमाउदैछुु । 

अजबको उकुुसमुुकुुस
एक्लोपन आफ्नो बनाउदैछुु
खरानी हुने जीवन आखिर
मनको महल जलाउदैछु ।

अचम्मको कोलाहल छ 
मनैमनमा द्धन्द चल्छ, 
जीवन के हो प्रश्न बनाई
मनमस्तीस्क निकै पोल्छ 

अनि... विस्तारै,...विस्तारै...
शुुन्यता फेरी पनि आफ्नो बन्छ ।

गजब छ! यो शुुन्यता पनि!
कहिले अति प्यारो लाग्छ,
अनि कहिले गाहृो, अत्यन्त गाहृो लाग्छ । 






4 comments: