Sunday, July 17, 2016

चिरविर

(तस्विरमा आवाज भर्ने प्रयास)

चरा ः आजकाल तिमी आउन छाडिछेउ,
सुने अर्कै वनमा गुड सारिछेउ ।
निराश मेरो मन त भयो भयो,
यो वनलाई नी उजाड पारिछेउ ।

चरी ः संगै हुदा सोचेनौ कहिले,
यो मन मेरो पोल्थ्यो जहिले ।
तिम्रो मन त आजै मात्र हो दुखेको,
मेरो मनले धेरै भयो रमाउन छाडेको ।

No comments:

Post a Comment