Sunday, July 24, 2016

मृगतृष्णा

एक दिन त कसो नआउलाउ तिमी
मेरो सपनीको दुनियाबाट 
उड्दै उड्दै, हरेक ती तुवालोहरु छिचोल्दै । 
खुर्र् खुर्र् दुगुर्ने मेरो मन, 
त्यसपछि त बुकुर्सी मार्दै उफ्रिन्थ्यो होला । 

कति रमाइलो हुन्थ्यो होला त्यो पल
जब म तिमीलाई आफ्नो नजिक पाउथे
मजाले नियाल्थे, तिम्रा आंखाका भाखालाई एकनासले निहार्थे
आहा, 
मेरो मन अनि त उफ्रिने मात्र कंहा हो र ? 
सिमलको भुवासरी माथि माथि आकासमा नाच्थयो । 

सोच्दा मात्र पनि कति रमाइलो ?
निद्रामा मात्र देखिने तिमी, 
नयनअघि नै भएपछि त, म कहां पो निदाउन सक्थे होला र ?
कति रात म टोलाएर बस्थे होला तिम्रै मुहार निहार्दै 
तिम्रा ती चट् मिलेका शुन्दर केशराशि, 
टक्क मिलेका ओठ, अनि सानो शुन्दर नाक
कुनै नायकभन्दा कम तिमी कहा छौ र ? 
ला्, 
कस्तो वर्णको छौ तिमी ? 
कृष्णा वर्ण वा गहुगोरो कि निख्खर गोरो ? 
सपनामा तिम्रो स्वरुप राम्रोसंग देख्नै पाउदिन
खै, 
के पो गर्ने होला? 
विपनामा तिमी आयौ भने नि म चालै पाउदिन ।  

No comments:

Post a Comment