Thursday, November 10, 2016

सपना



सोच्छु कहिले काही 
तिम्रो अंगालोमा बाधिउ, 
माया पिरतीका मीठा मीठा कुरा गरौं
तिमीसंग मज्जाले धक फुकाएर हासौं । 

अनि त्यसबिचमा आउछ अर्को सोच
तिम्रो र मेरो सपनाहरुको 
जो नदिका दुई किनारझै कहिले नमिल्ने छन् । 
सपनाहरु कै त अर्थ छ यहां 
त्यसैले तिम्रो सामिप्यताभन्दा 
मेरा सपना नै प्यारा छन् मलाई 

अनि फेरी आउछ अर्को सोच
तिम्रो अंगालो पनि त एउटा सपना नै हो
त्यही भएर त त्यो मीठो छ 
एकदमै मीठो  । 

No comments:

Post a Comment