Friday, November 11, 2016

कस्तो कस्तो ?


खै कस्तो कस्तो ?
केही भएर नि नभए जस्तो
पाएर नि नपाए जस्तो
बोलेर नि नबोले जस्तो

कति विचित्रको हाम्रो सम्बन्ध ?
नभेटे नि भेटेजस्तो
नसोचे नि सोचेजस्तो
नहेरे नि हेरेजस्तो

सायद कल्पनामै त छ आनन्द;
टाडिएनि नजिकिएजस्तो
भुलेनि नभुलेजस्तो
हारेनि जितेजस्तो






No comments:

Post a Comment