Wednesday, November 23, 2016

सायद तिमीलाई नि !

बाटो मोडिएपछि छुट्एिका;
यी तिम्रा र मेरा पाईलाहरुले
सायद, एक अर्कालाई कहिले पछ्याउने छैनन् । 
त्यही पनि आश्चर्य लाग्छ,
मेरा कानमा अझै पनि तिम्रा 
पदचाप गुञ्जीन्छन् 
सायद तिमीलाई नि यस्तै हुदो हो । 

साथ छोडिएपछि अब
तिम्रा र मेरा हातहरु
एकअर्काका साहारा कहिले नहुदाहुन्
तर म छक्क पर्छु!
तिम्रो स्पर्शको न्यानोपन 
म अझै नि महशुस गर्छु
सायद तिमीलाई नि यस्तै हुदो हो । 

No comments:

Post a Comment