Wednesday, July 26, 2017

म, एक भ्रम

न म तिम्रो अतितमा थिए,
न म तिम्रो भविष्य नै हु ।
त्यसैले मलाई वर्तमानमा पच्छ्याउने नगर,
म केवल तिम्रो भ्रम मात्र हु ।

तिमी जस्तो ठुलो सपनाको शहर म देख्दिन ।
तिमीलाई थाहा नै छ, म ती सुनौला गहनाहरुमा रम्दिन ।
म अझै नि उड्ने गर्छु
मेरो आफ्नै कल्पनाको दुनियामा,
जहां मैले पोतेका रंगहरु तिमीलाई फिक्का लाग्छन् ।
मेरो संसार तिमीलाई सानो लाग्छ,
अनि मेरा शब्दहरु अर्थहिन ।

शुन्दरताको तिमी पुजारी पर्यौ
म त अझै भावना मै विश्वास गर्छु ।
माफि नदिएकी हैन तिमीलाई
यत्ति हो म अचेल म आफुलाई धेरै माया गर्छु ।

No comments:

Post a Comment