Saturday, January 2, 2016

अर्थ, मेरा शब्दहरुको

photo credit; shakeoffthegrid.com

तिम्रा लागि बुनिएका मेरा शब्द
अनि त्यसभित्रको अर्थ
सायद तिमीले बुझेको भए
अनि त्यसभित्रको भावमा डुबेको भए
तिमीले बुझ्ने थियौ
मेरा मनभित्रका भावनाहरु
मैले तिम्रालागि सिर्जेका
 हो मात्र तिम्रालागि 
सिर्जेका मायाका परिभाषाहरु
तर, धन्य छ तिमीलाई
बुझेनौ तिमीले । 
त्यसैले त, हो त्यसैले त
आज मेरा शब्द गतिशिल भएका छन्
अनि शब्दसंगै म पनि गतिशिल भएको छु 
तिमीभन्दा फरक अर्को संसार भेटेको छु ।
जुन विशाल छ, धेरै नै विशाल
आज मेरा शब्दहरुले अर्थ पाएका छन्
त्यो पनि विविध, साचै नै विविध ।

3 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. Wow, I loved this one.
    It was so beautiful and sweet.
    Everything flowed very well and the imagery was a joy to read.
    As always, a wonderful job.

    ReplyDelete
    Replies
    1. Thank you very much. I hope you will keep on reading. :)

      Delete