Tuesday, January 19, 2016

सजिव निर्जिवता

शब्दभित्रको निशब्दता,
आवाजभित्रको मौनता
हासोभित्रको रोदन
अनि,
मुस्कानभित्रको पिडा
सायदै, तिमीले बुझेका छौ

आशाभित्र लुकेका मेरा नैराश्यता
विश्वासभित्र लुकेका मेरा आशंका
फगत, मेरा कमजोरी मात्र हैनन् ।
अनि यी मात्र हैनन्
केवल मेरा भावहरु
जुन सायदै तिमीले बुझेकाछौ ।

तिम्रा नजर केवल म प्रति छन्
अनि केवल मेरा अट्हास हासो र निश्चल मुस्कानप्रति छन्
कुनै दिन तिमी यीभन्दा भित्र गएर हेर
अनि पढ मभित्रका हरेक पानाहरु
र ढुबुल्की मार मभित्रका हरेक ज्वारभाटाहरुमा

त्यस बखत,
हो, मात्र त्यस बखत
तिमीले बुझ्ने छौ
मेरो अस्तित्व के हो
र के हुन् मेरा तरंगहरु
अनि बुझ्ने छौ तिमीले
सजिव भएर पनि निरर्जीव
हुदा कस्तो महसुस हुन्छ ?



1 comment: