Tuesday, April 26, 2016

शीतयुुद्ध


उसको मेरो शीतयुुद्ध चल्या छ 
नजानिदो प्रितयुद्ध चल्या छ
आशा छ मनको मोह पोख्छ उसले,
मेरो चाही भित्रभित्रै मुुटुु जल्या छ ।

शुुन्दर त छैन ऊ, 
ज्ञान गुनका कुुरा नि गर्दैन ।
चुुरोट खाने उसको बानी 
मलाई पटक्कै मन पर्दैन । 

खै, 
त्यही पनि
अरुसंग ऊ बोल्दा मेरो मन किन पोल्छ नी ?
छट्पटिएको मेरो मनले भन्छ 
"मसंग नि केही शब्द बोलिदिए हुन्थ्यो नी ?"

अति कपटी छ मेरो मन
तर्कना वितर्कना हजारौ गर्छ ।
उसले इसारा मात्र गरे
युुद्ध विराम गरि आत्मसमर्पण गर्नेसम्म सोच्छ ।

तर विडम्बना,
नचाहादा नचाहादै युुद्ध लड्नुु पर्या छ 
अनि उसको मौनताको छर्राले 
छाती भने भित्रभित्रै छिया छिया पर्या छ ।

3 comments: