Sunday, November 16, 2014

तिमी र म

म खोज्छु र त तिमी हराउछौ
मैले तिमीलाई नखोज्दो हु त तिमीलाई हराउनुको के मजा
तिमी सायद नहराउदो हौ त मैले तिमीलाई खोज्नुको के मजा

म फकाउछु र त तिमी रिसाउछौ
म तिमीलाई नफकाउदो हु त तिमी रिसाउनुको के अर्थ
तिमी सायद नरिसाउदो हौ त मैले तिमीलाई फकाउनुको के अर्थ

म तिमीलाई हसाउने प्रयास गर्छु र त तिमी  हास्न कन्जुस्याई गर्छौ
मैले तिमीलाइे हराउने प्रयास नगर्दो हु त तिमी हास्नुको पनि के मुल्य
तिमी सायद प्रत्यक पल हासी रहन्थ्यौ त मैले तिमीलाई हसाउनुको के मुल्य

म पर्खन्छु र त तिमी पखाउछौ
मैले तिमीलाई न पर्खिदो हु त तिमीले मलाई पर्खाउनुमा के आशा
तिमीले सायद नपर्खाउदो हौ त मैले तिमीलाई पर्खनुमा के आशा

मलाई यही तिमी र म बिचको रिसाउने फकाउने खेल मनपर्छ
मलाई यही तिमी र म बिचको अपसी मेल मनपर्छ
तिमी जे गर त्यो तिम्रो इच्छा हो
म जे गर्छु त्यो मेरो दिक्षा हो ।

No comments:

Post a Comment