Friday, December 18, 2015

मेरो एकतर्फी माया

म उसको पछि, ऊ अरुकै पछि
मेरो पछि लाग्ने अर्को नभएको नि हैन,
तर खै किन मन उसकै पछि नलागि मान्दैन ?
ऊ भने किन किन मलाई आफ्नो ठान्दैन ?

हरेक दिन म उसलाई हेर्ने गर्छु ।
उसकै लागि कयौ लुगा फेर्ने गर्छु
तर पनि अह,
ऊ म तिर नजर फेर्दै फेर्दैन ।
कहिले काहि त लाग्छ उसले के खोजेको हो कुन्नी ?
म जत्तिकीलाई नि नहेर्ने कति बैगुनी ?

म हरेक दिन उसले पछि लाग्ने नानीलाई हेर्छु
उसको आनी बानीलाई हेर्छु ।
“हैन, मभन्दा फरक त्यो कसरी छे ?”
यता उता मुन्टो फर्काएर ऐनातिर हेर्छु
“ब्यारे, नाकको छेउमा एउटा कोठी भएर मात्र,
कहा म कम छु त्योभन्दा नत्र”

कहिले काही त सोच्छु
उसले एक नजर मतिर हेरे के पो हुने थियो ?
अंगुर अमिलो भन्लान अरुले
तर म उत्तर भेट्छु
उसले मलाई हेरेको दिन त सबै सक्कि गो नि
मायामा यहि त हो रमाइलो
चोरी चोरी हेर्न पाउनु
मैले हेरेको उसले चालै नपाउनु ।

No comments:

Post a Comment