Thursday, December 15, 2016

प्र्रश्न, हामी दुवैलाई


सोच त,

पखाई आखिर के को थियो;
त्यो अध्यारो रातको,
वा हाम्रो सुमधुर साथको,
छुट्एिका विस्मातको
वा नभनिएका बातको ?

आनन्द आखिर केमा थियो;
हामीबिच बढ्दै गएको तापको
वा हाम्रा अनावश्यक रापको
एक अर्कासंग नपोखिएका विलापको 
वा हाम्रो घनिष्ठ मिलापको ?

उत्तर, पक्कै यो विहानीको रौनकमा छ 
हाम्रो मुहारको चमकमा छ 
बाहिर नआए के भो र, 
तिम्रो र मेरो एउटै भएको मायालु मनमा छ । 

No comments:

Post a Comment