भिर पाखा पछ्याउदै हिड्ने
उकाली ओराली सजाउदै रम्ने
तिम्रा कोठाका चार पर्खालभन्दा
धेरै पर,
अनकंटार झाडीहरु बिच हराएर
हतास निरास तिमी
जब एकछिन आफैमा रमाउन चहान्छौ,
त्यस बेला,
लहरै लहरामा अल्झिएर
चिरिक्क पार्ने त्यो कांडाको विचमा
मूशुक्क मुस्कुराउदै
तिमीलाई शितलता दिने
म, त्यो वनफुल
No comments:
Post a Comment